Logo

समाचार

मर्चवारमा अत्यधिक चिसोका कारण एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–५ मझगावाँका ५८ वर्षीय बङ्गुर लम्बु हरिजनको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार औषधि उपचारपछि घर फर्किने क्रममा मंगलबार बेलुका करिब ४ः३० बजे हरिजन बाटोमै ढलेका अवस्थामा फेला परेका थिए । स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अत्यधिक चिसोका कारण स्वास्थ्यमा गम्भीर असर परेर मृत्यु भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ३८ बजे