काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न तीन चरणमा अधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय तहमा मात्र अधिवेशन गरेर महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेका हुन् । क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रियामा ढिलाइ भइसकेको भन्दै उनले समयमै महाधिवेशन गर्न तीन तहको अधिवेशन नै व्यावहारिक विकल्प भएको बताएका छन् ।
थापाको प्रस्तावमाथि बैठकमा छलफल भए पनि कुनै ठोस निर्णय भने हुन सकेन । छलफल जारी राख्ने सहमतिसहित बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय भएको छ । उक्त बैठकमा महाधिवेशनको कार्यतालिका र अधिवेशनको ढाँचाबारे थप छलफल हुने अपेक्षा गरिएको छ ।
९ पुस २०८२, बुधबार
92
Shares









प्रतिक्रिया