Logo

अर्थ

नेपाल टेलिकम र चिलिमेले लाभांश प्रस्ताव गरे



काठमाडौं । नेपाल टेलिकम लिमिटेड (एनटीसी)ले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । टेलिकमको सेयरको फेस भ्यालू १०० रुपैयाँ रहेको छ ।
यसैगरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले सेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ४५ बजे