काठमाडौं । निर्वाचन आयोगले कानुनअनुसार आवश्यक लेखापरीक्षण प्रतिवेदन पेश नगरेको भन्दै ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यससम्बन्धी जरिवाना समेत नतिरेपछि मंगलबार ती दलको दर्ता खारेज गरेको हो।
राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही गरिएको हो। “लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएकाले जरिवाना गरिएको थियो। सो जरिवाना समेत नबुझाएकाले दर्ता खारेज गरिएको हो,” उनले भने।
दर्ता खारेज भएका दलहरूमा आमआदमी पार्टी, नेपाल; नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक; नेपाल राष्ट्रवादी पार्टी; आधुनिक नेपाल समाजवादी पार्टी; नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली; तथा माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्।
८ पुस २०८२, मंगलबार
345
Shares









प्रतिक्रिया