Logo

समाचार

रवि लामिछाने र बालेन शाहबीच सहकार्यबारे छलफल



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

दुवैबीच गएराति पूर्वसांसद असिम शाहको निवासमा करिब साढे पाँच घण्टा लामो भेटवार्ता भएको हो। भेटवार्ता राति अबेरसम्म चलेको बताइएको छ।

भेटपछि असिम शाहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै छलफल सौहार्दपूर्ण वातावरणमा भएको र देशलाई प्राथमिकतामा राखेर मिलेर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी दिए। उनले प्रधानमन्त्री पदको प्रस्तावबारे कुनै छलफल नभएको स्पष्ट पारे।

“देशको हितलाई केन्द्रमा राखेर सहकार्य गर्नुपर्ने विषयमा छलफल भयो। प्रधानमन्त्रीको प्रस्तावमा कुरा भएको होइन,” शाहले भने, “उहाँहरू पहिलोपटक यस तहमा बसेर खुला रूपमा कुराकानी गर्न पाउनुभएको हो।”

भेटवार्तालाई आगामी राजनीतिक सहकार्यको सम्भावनासँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ५७ बजे