Logo

राजनीति

देउवा–ओली पुनः भेटवार्ता, ओली दोस्रोपटक महाराजगन्ज पुगे



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पुनः भेटवार्ता भएको छ। ओली देउवालाई भेट्न काठमाडौंको महाराजगन्जस्थित निवास पुगेका हुन्।

भेटमा ओलीसँगै एमाले महासचिव शंकर पोखरेल सहभागी थिए भने देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन्। ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपटक महाराजगन्ज पुगेको उनको सचिवालयले जनाएको छ।

यसअघि गत मंसिर २९ गते ओली पत्नी राधिका शाक्यसहित देउवा दम्पतीलाई भेट्न महाराजगन्ज पुगेका थिए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पती बूढानीलकण्ठस्थित निवासमा कुटपिटमा परेका थिए।

उक्त घटनापछि ओली दम्पती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : २८ बजे