बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा बिगोबापतको रकम बुझाएर रिहा भएका छन्। अदालतले उनीमाथि तोकिएको बैंक जमानत बुझाएपछि उनलाई रिहा गरेको हो।
रिहा भएलगत्तै लामिछानेले आफ्नो न्यायको मुद्दा अझै बाँकी रहेको बताएका छन्। उनले भने कि यो लडाइँ व्यक्तिगत नभई देशका लागि हो र बाँकी मुद्दा पूरा गर्न आवश्यक छ।
लामिछानेले अन्य दलहरूले देशमाथि गरेको अन्यायको हिसाब गर्नुपर्ने पनि बताएका छन्। उनले भने, “आजका लागि यत्ति मात्रै भन्न चाहन्छु कि हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी छ।”
उनको बयानअनुसार, उनले आगामी दिनमा देशको न्याय सुनिश्चित गर्ने उद्देश्यका साथ थप कदम चाल्ने योजना बनाएका छन्।










प्रतिक्रिया