Logo

समाचार

भन्सार छलीको १४ लाख मूल्यबराबरको काजु बरामद



काठमाडौं । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा भन्सार छली ल्याइएको काजु बरामद गरेको छ । धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सोमबार (मंसिर १५) भारतबाट अवैध रूपमा ल्याएर लुकाइछिपाइ राखिएको १ हजार ३ सय ७० किलो काजु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद काजुको अनुमानित मूल्य १३ लाख ७० हजार रुपैयाँ रहेको छ । सूचनाका आधारमा सशस्त्र प्रहरी बलको ८ नम्बर गण, धनुषाबाट खटिएको टोलीले उक्त काजु नियन्त्रणमा लिएको हो । बरामद काजु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ३७ बजे