Logo

खेलकुद

एनपीएल: जनकपुरविरुद्ध चितवनका अर्जुन साउदको अर्धशतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजका अर्जुन साउदले अर्धशतक पूरा गरेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनका ओपनर साउदले ३७ बलमा ५० रन बनाए। उनको इनिङमा चार चौका र तीन छक्का समावेश थिए। यो अर्धशतक प्रतियोगितामा उनको पहिलो हो।

यसअघि चितवनकै अर्का ओपनर डेविड मलानले पनि अर्धशतक बनाएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ५३ बजे