काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस जितेका कप्तान कुशल मल्लले जनकपुरलाई फिल्डिङको निम्तो दिए ।
लगातार चार खेल हारेर अंक तालिकाको पुछारमा रहेको जनकपुरका लागि यो खेल जित्नु अनिवार्यजस्तै छ । हारेमा प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ । उता, चारमध्ये दुई खेल जितेको चितवनले यो खेल जिते प्लेअफको सम्भावना उल्लेखनीय रूपमा बलियो बनाउनेछ ।
त्यस्तै, आजै अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफको दृष्टिले निर्णायक मानिएको छ । एक मात्र खेल जितेको पोखराले जित हात पार्न सके प्लेअफको बाटो सहज हुनेछ भने कर्णालीका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा पुगेको छ ।
यही मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भइसकेका छन् । अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोड्दै प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ ।










प्रतिक्रिया