काठमाडौं । एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधी एआरटिको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।
हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा एचआइभीको बोझ अझै उच्च छ । गत वर्ष ८८,००० नयाँ संक्रमण भएका थिए भने करिब ५०,००० व्यक्तिको एचआइभी सम्बन्धी रोगका कारणले मृत्यु भयो । वर्तमानमा करिब ३.५ मिलियन मानिस एचआइभी सँग जीवन यापन गरिरहेका छन् ।
यी चुनौतीहरू हेपाटाइटिस बी (४२ मिलियन), हेपाटाइटिस सी (७ मिलियन) र यौन संक्रमण (६० मिलियन) का साथ थप जटिल बनेका छन् । संवेदनशील समूहहरू विशेष गरी जोखिममा छन् । पुरुष–पुरुष यौन सम्पर्क गर्ने, औषधि सुई प्रयोग गर्ने, ट्रान्सजेन्डर र सेक्स कामदार तथा उनीहरूको साझेदारहरूको एचआइभी संक्रमण दर उच्च रहेको छ । १५–२४ वर्षका युवाहरूले नयाँ संक्रमणको करिब एक चौथाइ हिस्सा ओगटेका छन् ।
हाल २६,००० गर्भवती महिलाले ८८ प्रतिशत एचाभी प्राप्त गरेका छन्, तर राष्ट्रिय स्तरमा पहुँच ७१ प्रशान्त देखि ९८ प्रतिशत सम्म फरक छ । ६९,००० बालबालिकामा ९३ प्रतिशथले एआरटि पाएका छन्, तर देश अनुसार उपचार पहुँच ६७ प्रतिशत देखि ९८ प्रतिशत सम्म फरक रहेको छ । एएनआई










प्रतिक्रिया