Logo

मुख्य समाचार

सडक विस्तारमा सिडओको सक्रियता !


१२ मंसिर २०८२, शुक्रबार  

115
Shares

हेटौंडा । मकवानपुरमा २५–२५ मिटर सडक विस्तार कार्यलाई गति दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी स्वय फिल्डमा खटिएका छन् ।

भीमफेदी गाउँपालिका र गढी गाउँपालिका क्षेत्रअन्तर्गत सामारी आसपासको सडक सिमानावाचन तथा नापजाँच कार्य सिडिओ अधिकारीको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भइरहेको छ ।

सडक विस्तारको प्रक्रियामा प्रशासन प्रमुख आफै अग्रसर बनेपछि स्थानीयवासी उत्साहित बनेका छन् । लामो समयदेखि अल्झिएको सडक विस्तार यसपटक प्रभावकारी रूपमा अघि बढ्ने जनविश्वास थप बलियो बन्दै गएको छ ।

सिडिओ अधिकारीले भने, ‘२५ मिटरको सडक यसपालि जसरी पनि विस्तार गरेरै छोडिन्छ। सुव्यवस्थित विकासका लागि सडक विस्तार अनिवार्य छ ।’

उनको पहलसँगै प्रशासन, प्रहरी तथा प्राविधिक टोली सडक सिमाना नापजाँचमा सक्रिय रहेका छन् । फिल्डमा मुख्य अधिकारीको उपस्थिति देखेपछि स्थानीयले काम द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।

एक स्थानीयले भने, ‘सिडिओ साहेब आफै आएका देख्दा हाम्रो गुनासो सुन्ने र काम असरदार हुने आशा बढेको छ ।’

सडक विस्तारलाई कुनै हालतमा रोक्न नदिने प्रशासनको दृढताका रूपमा सिडिओ बसन्त अधिकारीको सक्रियता हेरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ४३ बजे