Logo

राजनीति

प्रतिनिधिसभा विघटन मुद्दामा कांग्रेस अदालत नजाने


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट नदायर गर्ने निर्णय गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कांग्रेसले स्वयं अदालत नजाने र यस विषयमा दर्ता भएका रिटहरूमाथि अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएका छन्।

उनका अनुसार, “नेपाली कांग्रेसले विघटनविरुद्ध छुट्टै रिट दायर गर्ने छैन। परेका रिटहरूमाथि आउने निर्णयलाई कांग्रेसले स्वीकार र समर्थन गर्नेछ।”

यता, प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (एमाले) भने औपचारिक रूपमा अदालत पुगेको छ। उक्त मुद्दामा एमालेसहित १८ वटा रिट दायर भइसकेका छन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : २७ बजे