Logo

अर्थ

सुनको मूल्य साढे दुई लाख नाघ्यो, चाँदी पनि महँगियो


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं – देशभर सुनको मूल्य आज तोलामा २२ सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ४ सय रुपैयाँले घट्दै दुई लाख ४८ हजार ४ सय रुपैयाँमा झरेको मूल्य आज पुनः उक्लिएको हो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि निरन्तर वृद्धि हुने क्रम जारी रहेको छ। आज तोलामा ६५ रुपैयाँले बढ्दै तीन हजार ३४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : ३८ बजे