काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले पुराना नेताहरूले पुनः राजनीतिक नेतृत्व सम्हाले देश गम्भीर द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन्।
चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) सँगको एकता घोषणाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भुसालले ‘जेनजी’ आन्दोलनले दिएको सन्देश ठूलो राजनीतिक दलका नेताहरूले नबुझेको आरोप लगाए। उनका अनुसार समाजले अस्वीकार गरिसकेका पुराना नेताहरू पुनः गुटबन्दीका आधारमा अगाडि आउने प्रयासमा छन्, जसले मुलुकलाई जोखिममा लैजानेछ।
भुसालले राजनीतिक नेतृत्व पुरानै शक्तिका हातमा फर्किए मुलुक “डरलाग्दो बहुपक्षीय द्वन्द्व” तर्फ धकेलिने टिप्पणी गरे। उनले व्यक्तिगत स्वार्थका लागि शीर्ष स्थानमा बस्ने केही नेताका कारण राजनीतिक प्रणाली असफलतामै उन्मुख रहेको दाबी गरे।
कम्युनिस्ट आन्दोलनमा वैचारिक बहस उठ्ने बित्तिकै टुक्रिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले नेताहरू चुनावमुखी मात्र बनेको आलोचना पनि गरे।










प्रतिक्रिया