Logo

समाचार

काठमाडौंमा कार–स्कुटर दुर्घटना: एकको मृत्यु, दुई घाइते



काठमाडौं – कान्तिपथमा बुधबार राति कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ र दुई जना घाइते भएका छन्। बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरचालक, ओखलढुंगा जिल्ला, लिखु गाउँपालिका–९ का ३४ वर्षीय सन्तोष खड्काको बिहीबार बिहान केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

स्कुटरमा सवार अन्य दुई घाइतेमध्ये एकको उपचार केएमसी अस्पतालमा र अर्काको टिचिङ अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। विपद्मा संलग्न कार चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : १९ बजे