Logo

अर्थ

सुनको मूल्य घट्यो, चाँदी महँगियो



काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ४८ हजार ४०० रुपैयाँमा निर्धारण गरिएको छ। बुधबार यसैको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ११ : २४ बजे