मेष राशि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
बृष राशि
सहयोगको नाममा कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्। सजग रहनुहोला। सामाजिक जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। तर अरूका लागि बुद्धि खर्चनुपर्ला।
मिथुन राशि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ भने जोश–जाँगरमा कमी आउनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ।
कर्कट राशि
काम गर्न बिहानको समय अनुकूल छ। व्यापारमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
सिंह राशि
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ।
कन्या राशि
प्रतीक्षा गरिएको नतिजा सकारात्मक आउनेछ। बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरीमा सुधार आउनेछ।
तुला राशि
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ।
बृश्चिक राशि
स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
धनु राशि
मिहिनेतले राम्रो उपलब्धि हात पार्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि भने प्रतिस्पर्धा बढ्नेछ र प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ।
मकर राशि
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
कुम्भ राशि
बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
मीन राशि
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ।










प्रतिक्रिया