Logo

राजनीति

रास्वपा र विवेकशील साझा पार्टी एकीकृत हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एकीकृत हुने भएका छन्। समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको हो।

दुवै दलबीच एकीकरणका प्राविधिक प्रक्रिया शीर्ष नेतृत्वको सहमतिमा टुंग्याइने जनाएको छ। आइतबार एकीकरण घोषणा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताइएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ३२ बजे