काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ज गरेको छ । घातक बलिङ प्रदर्शन गरेका रञ्जित कुमारको नेतृत्वमा चितवनले फराकिलो जित हात पारेको हो ।
चितवनले दिएको लक्ष्य पछ्याउने क्रममा विराटनगरका बल्लेबाजहरू नियमित अन्तरालमा विकेट गुमाउँदै निर्धारित ओभरमै लक्ष्य नजिक पुग्न असफल भए । चितवनका तर्फबाट बोपाराले पनि प्रभावकारी प्रदर्शन गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
यस जितसँगै चितवन राइनोज अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाउन सफल भएको छ ।










प्रतिक्रिया