Logo

समाचार

एमालेद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट दर्ता, मंसिर १७ मा पेसी



काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटको पेसी मंसिर १७ गतेका लागि तोकिएको छ।

एमालेले मंगलबार पेस गरेको रिटमा प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भन्दै पुनर्स्थापनाको माग गरिएको छ। साथै, प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै उनी ‘प्रतिबन्धित’ व्यक्तिमा पर्ने भएकाले नियुक्ति बदर गर्नुपर्ने मागसमेत गरिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ४६ बजे