Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्कीले कुलपतित्वका व्यापक जिम्मेवारी सम्भव नभएको बताइन्



काठमाडौं — प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले देशका सबै विश्वविद्यालयको कुलपतित्व प्रधानमन्त्रीकै जिम्मामा रहने विद्यमान व्यवस्था व्यावहारिक नभएको बताएकी छन्। बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सबै कार्यभार प्रधानमन्त्रीले एक्लैले बोकेर अघि बढ्न नसक्ने स्पष्ट पारिन्।

उनका अनुसार विश्वविद्यालयहरूको स्वायत्तता सुनिश्चित गर्न तथा कुलपति नियुक्तिको वैकल्पिक संरचना बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहललाई आफूले पनि समर्थन गर्ने धारणा बनाएको बताइन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक नेतृत्वले विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक आवश्यकतामा पर्याप्त ध्यान दिन नसक्ने भन्दै स्वायत्त र आत्मनिर्भर प्रणाली आवश्यक रहेको उल्लेख गरिन्। “एउटै प्रधानमन्त्रीले सबै डोकोभरि बोकेर हिँड्न सक्दैन,” उनले भनिन्।

उनले विश्वविद्यालयलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने वातावरण तयार गर्न सरकार र सम्बन्धित निकायले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ४३ बजे