रौतहट । रौतहटमा एक २५ वर्षीय महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वृन्दावन नगरपालिका–९ भुसाहाकी तरिमा खातुनको शव घर नजिकैको भुस्सा राख्ने स्थानमा खाडल खनेर पुरिएको अवस्थामा सोमबार फेला परेको हो।
मृतकका श्रीमान महमद शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले घटनामा परिवारका सदस्यको संलग्नता रहेको आशंका गरेको छ। महिलाको हत्या भएपछि परिवारका ८–९ जना सदस्य फरार भएको प्रहरीको भनाइ छ।
खातुनको सोमबार राति हत्या भएको प्रारम्भिक अनुमान छ। शव बोरामा हालेर खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीको जनाएको छ। घटना घरायसी विवादसँग सम्बन्धित हुन सक्ने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया