Logo

राजनीति

रास्वपाले प्रदेश इन्चार्ज खारेज, जिम्मेवारी केन्द्रीय सदस्यलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश इन्चार्जको व्यवस्था खारेज गर्दै सो जिम्मेवारी केन्द्रीय सदस्यलाई दिने निर्णय गरेको छ। मंगलवार बसेको पार्टी सचिवालय बैठकले हालसम्म प्रदेश इन्चार्जका रूपमा काम गरिरहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको महामन्त्री कबीन्द्र बुर्लाकोटीले बताएका छन्।

बुर्लाकोटीका अनुसार आगामी निर्वाचन लक्षित गतिविधि प्रभावकारी बनाउन प्रदेश इन्चार्ज संरचना हटाइएको हो। बैठकले इन्चार्जका रूपमा कार्यरत सचिवालय सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन केन्द्रित भूमिकामा परिचालन गर्ने निर्णय गरेको छ।

पार्टीको निर्णयमा सुशासन र द्रुत विकासका लागि प्रतिवद्ध वैकल्पिक राजनीतिक शक्ति एकजुट भएर देशको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने वातावरण बनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  २ : ०० बजे