Logo

मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आज अन्तिम दिन



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने तोकिएको समय आज समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेसलगायतले पहिले नै दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबार साँझसम्म ८० वटा राजनीतिक दल दर्ता भइसकेका छन्। आयोगले तोकिएको अवधि भित्र बाँकी दलहरूले दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ११ : ३२ बजे