Logo

मुख्य समाचार

मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते



रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप एकैआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आज आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको बोलेरो जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोट, नलगाड नगरपालिका–८ का ३५ वर्षीय नवराज चदारा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आठबिसकोट नगर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना—नलगाड नगरपालिका–८ का १६ वर्षीय नवराज चदारा र आठबिसकोट नगरपालिका–९ का १४ वर्षीय कमल सुनार—घाइते भएका छन्। उनीहरूको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ४८ बजे