काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जीत जोडेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाण्डूले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.१ ओभरमा १३५ रनमै अलआउट भयो।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका बल्लेबाजहरू निरन्तर विकेट गुमाउँदै रन–रेटको दबाबमा परे। काठमाण्डूका बलरहरूले प्रभावकारी प्रदर्शन गर्दै लुम्बिनीको पारी समयमै समेटेपछि टोलीले महत्वपूर्ण जीत सुरक्षित गर्यो।










प्रतिक्रिया