काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले उठाउँदै आएका प्रमुख माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
कार्यक्रमा अन्तर्गत जसपा नेपालले मंसिर ११ देखि १५ गतेसम्म देशभरका प्रत्येक संसदीय निर्वाचन क्षेत्रका प्रमुख सहर बजारमा विरोध प्रदर्शन र कोणसभा आयोजना गरी जनपरिचालन गर्ने पनि जनाएको छ।










प्रतिक्रिया