Logo

अर्थ

सुनचाँदीको मूल्यमा वृद्धि, नयाँ दर सार्वजनिक



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५२ सय रुपैयाँले बढ्दै २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८५ रुपैयाँले बढेर ३ हजार २ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ४७ बजे