काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्धको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।जनकपुरका कप्तान अनिलकुमार साहले टस जित्दै विराटनगरलाई ब्याटिङका लागि निम्त्याएका हुन्। साविक विजेता जनकपुर प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा रहेको छ। टोलिले उद्घाटन खेलमा काठमाडौँ गोर्खाजविरुद्ध पाँच विकेटले हार व्यहोरेको थियो।विराटनगर किङ्स भने लगातार तेस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ। टोलीले पहिलो खेलमा पोखरा एभेञ्जर्सलाई ५३ रनले र दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरिसकेको छ।
८ मंसिर २०८२, सोमबार
23
Shares








प्रतिक्रिया