Logo

समाचार

कास्कीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित आठजनामाथि भ्रष्टाचार मुद्दा



काठमाडौँ । कास्कीको पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्षसहित आठ जना र अञ्जुली बोर्डिङ स्कुल प्रा.लि.विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा दर्ता गरेको मुद्दामा विद्यालयको सामुदायिक भवन कानुनविपरीत निजी बोर्डिङ स्कुललाई भाडामा दिएको र त्यस क्रममा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी गरिएको आरोप लगाइएको छ।मुद्दा दायर भएकामध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा–१ का वडाध्यक्ष तथा पदेन सदस्य साहारा प्रधान, सदस्यहरू बरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं छन्।यस्तै, अञ्जुली बोर्डिङ स्कुल प्रा.लि., कम्पनीका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसीसमेत प्रतिवादी बनाईएको छ।अनुसन्धानका क्रममा उनीहरूले १५ लाख २९ हजार ४०८ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले जनाएको छ। आयोगले सोही रकम बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : १९ बजे