काठमाडौं — नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले पार्टी पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि भएको आक्रमणको प्रयासले आफूलाई दुःखी बनाएको बताएकी छन्।
आज सुनसरीमा बस्नेतमाथि रातो रंग भरिएको बेलुन प्रहार गरिएको थियो। झाँक्रीले सरकारले घटनामा संलग्न व्यक्तिहरूलाई समातेर कारबाही गर्नुपर्ने माग गरेकी छन्।
उनले यस्तो अवस्थाले पार्टीभित्र अभूतपूर्व एकताको आवश्यकता देखाएको पनि औँल्याइन्। झाँक्रीले महाभारतमा पाण्डवहरूको एकताको उदाहरण दिँदै पार्टी पंक्तिलाई एउटै मिसनमा लाग्न आग्रह गरेकी छन्।
‘महाभारतमा पाण्डवले युद्द जिते, कौरवले हारे। कारण पाण्डवहरूको अभूतपूर्व एकता हो,’ उनले भनिन्। ‘विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास भएको खबर सुनेर अत्यन्त दुःख लाग्यो। यस्ता अपराधिक मानसिकताका व्यक्तिहरूले कहिलेकाहीँ यस्तो कार्य गर्ने प्रयास गर्छन्। हामी सचेत हुनुपर्छ। पार्टी पंक्ति एउटै मिसनमा लागौं।’










प्रतिक्रिया