काठमाडौं । आज जेनजी २.० संगठनका युवाहरुले गृहमन्त्री ओम प्रकाश अर्याललाई पछिल्लो समय सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताएका छन् ।
आइतबार गृहमन्त्रालय पुगेका जेनजी २.० का प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीसँगको भेटमा २३ गते घटना घटाउनेहरुलाई कारबाही गर्नुंपर्ने माग गरिएको बताए ।
उनले भने, ‘गृहमन्त्रीसँग हाम्रो भेट भयो, हामीले उहाँसँग भदौ २३ गते नआई २४ गते आउदैन । २३ गते जुन घटना घट्यो त्यसका त्यो घटना घटाउनेहरुलाई कारबाही गर्नुपर्छ । अर्को कुरा २४ गते जुन उदण्ड मच्चियो त्यसमा २३ गते घटेको घटनाको ठुलो हात थियो त्यसकारण २३ गते घटना घटाउनेहरुलाई पक्राउ गर्नुहोस् र २४ गतेलाई नछोड्नुहोस् । अपराध गरेकै हो अपराधीकरण त गर्नैपर्यो ।’
प्रवक्ता लिम्बुले युवाहरु सरकारको पर्खाल रहेको बताउँदै सरकारलाई चाहिने सहयोग गर्ने बताए ।
‘हामी सरकारको पर्खाल हौं । सरकारलाई चाहिने सबै कुराको सहयोग गर्न हामी तयार छौं,’ उनले भने ।
यस्तै जेनजी २.० संगठनका केन्द्रिय सचिवमा कुन्दन कुशवाहाका अनुसार हालको सरकारले जेनजी आन्दोलनको माग अनुसार काम नगरेको भन्दै सरकारले जेनजी युवाहरुप्रति गरेको व्यवहार गलत रहेको बताए ।
उनले भने, ‘जेनजीहरुको सरकार, नागरिकहरुको सरकार, जेनजीको रगतले बनेको सरकारले खासमा सहित र घाइते परिवारको म्यान्डेट अनुसार, आन्दोलनको म्यान्डेट अनुसार काम गर्नुपर्ने तर अहिले गृहमन्त्री ज्यूले जुन प्रकारले काम गरिरहनु भएको छ यो सरासर गलत हो ।’
उनले पुराना राजनीतिक दलहरुको टार्गेटमा युवाहरु रहेको भन्दै युवालाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको बताए ।
‘पुराना राजनीतिक दलहरुले हामीलाई टार्गेटमा राखेको छ । हामीलाई सुरक्षा दिनुपर्ने ठाउँमा सरकारले पुराना राजनीतिक दलहरुलाई नै सुरक्षा दिइरहेको छ । हामी के चाहान्छौ भने शान्ति, सुरक्षा चाहान्छौ । अहिलेको नागरिक सरकारलाई हामी सघाउन पनि चाहान्छौ,’ उनले भने ।










प्रतिक्रिया