काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ। रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा निर्धारण गरिएको छ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। प्रसाईंका छोरा निराजन प्रसाईंले थुनामुक्त गर्न मागसहित सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्।
प्रसाईंले प्रशासनबाट अनुमति नपाएको अवस्थामा विरोध प्रदर्शनको धम्की दिएको आरोपमा प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको आदेशमा म्याद थप गर्दै थुनामा राखेको थियो। थुनालाई गैरन्यायिक भन्दै रिट दायर गरिएको हो।










प्रतिक्रिया