Logo

मुख्य समाचार

झापामा करेन्ट लागेर माछा मार्न गएका व्यक्तिको मृत्यु



झापा– झापाको गौरादह नगरपालिका–६, आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानास्थित रामचन्द्रे खोलामा विद्युत् प्रवाह प्रयोग गरी माछा मार्ने क्रममा ताजपुरियाको घटनास्थलमै ज्यान गएको हो।घटनापछि उनकी पत्नी फूलकुमारी ताजपुरियाले तत्काल स्थानीयबासी तथा प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले घटनाबारे अनुसन्धान सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : २० बजे