Logo

राजनीति

एमाले महासचिव पोखरेलको दाबी: महाधिवेशन उद्घाटनमा ‘इतिहासकै सबैभन्दा ठूलो जनसमागम’



काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते हुने पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोह इतिहासकै सबैभन्दा ठूलो जनसमागम हुने दाबी गरेका छन्। वाग्मती प्रदेश कमिटीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले उद्घाटनसभालाई ‘उत्सव र सङ्घर्षको क्लाइमेक्स’ का रूपमा प्रस्तुत गर्ने तयारी भएको बताए।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ।

कार्यक्रममा पोखरेलले वर्तमान अन्तरिम सरकारलाई ‘विध्वंसको जगमा बनेको’ भन्दै आलोचना गरे। उनले सरकारले प्रतिनिधिसभाको चुनाव गराउने मनसाय नराखेको आरोप पनि लगाए।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : १४ बजे