काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै फिल्डिङ रोजे।प्रतियोगितामा दुवै टिमले दोस्रो खेल खेल्दै छन्। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजय भोगेको थियो। लुम्बिनीले भने आफ्नो पहिलो खेलमा त्यही चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो।
६ मंसिर २०८२, शनिबार
23
Shares








प्रतिक्रिया