काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्ने आवश्यकता रहेको बताएका छन्।प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले हालको राजनीतिक सङ्कट समाधानका लागि “फ्रेस पार्टी” भएको कारण देखाएर माओवादी केन्द्रीयका महासचिव विप्लवलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने तयारी रहेको खुलाए। उनका अनुसार जेन–जी समूहसँग पनि यही विषयमा निरन्तर छलफल भइरहेको छ।विश्वकर्माले सर्वपक्षीय अन्तरिम सरकार बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सहयोग गर्नुपर्ने बताए। विप्लवको नेतृत्वमा सरकार बनेमा भ्रष्टाचार विरुद्ध कडा अभियान, विदेशी हस्तक्षेपमुक्त चुनाव, र राज्य पुनर्संरचनाका आवश्यकता पूरा गर्न सकिने दाबी उनले गरे।कार्यक्रममा विश्वकर्माले पत्रकार ऋषि धमलालाई विप्लव नेतृत्वको ‘जनताको सरकार’ मा सञ्चारमन्त्री बन्न आग्रह गरेका थिए। कार्की नेतृत्वको वर्तमान सरकारले प्रस्ताव गरेको मन्त्री पद धमलाले अस्वीकार गर्नु “बुद्धिमानीपूर्ण निर्णय” भएको उनले टिप्पणी गरे।उनका अनुसार पार्टीले हाल राजनीतिक भेटघाट तीव्र पारेको छ। केही समयअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट सम्पन्न भएको, त्यसपछि प्रधानमन्त्री कार्कीसँग भेट भएको र आज राष्ट्रपतिसँग भेटवार्ता तय भएको जानकारी उनले दिए। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छिट्टै भेट हुने उनले बताए।
६ मंसिर २०८२, शनिबार
46
Shares








प्रतिक्रिया