काठमाडौं । नेकपा (एमाले) ले जनपरिचालन कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभा गर्दैछ। प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीले कात्तिक २२ गतेदेखि वडा तहमा सुरु गरेको कार्यक्रमको क्रममै काठमाडौंमा सभाको आयोजना गरिएको हो।वाग्मती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुने छ। त्यसअघि एमालेका नेता–कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय कमिटीको र्याली प्रदर्शनी मार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डप पुग्ने कार्यक्रम छ।जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ।
६ मंसिर २०८२, शनिबार
23
Shares








प्रतिक्रिया