काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दुई खेल हुने छन्।
पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुने छन्। विगत सिजन प्लेअफ खेलिएको कर्णालीले यसपटक पहिलो जितको लक्ष्य राखेको छ। कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटले पराजय व्यहोरेको थियो। लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी मैदान उत्रिँदैछ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। खेल दिउँसो ११ः१५ बजे सुरु हुने छ।
दोेस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्स भिड्ने छन्। काठमाण्डू आफ्नो तेस्रो खेल खेल्दैछ भने विराटनगरको यो दोस्रो खेल हुनेछ। काठमाण्डूले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो तर दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जीत निकालेको थियो। यो खेल दिउँसो ३ः३० बजे सुरु हुने तालिका छ।










प्रतिक्रिया