Logo

अर्थ

नेप्से सूचक झिनो घट्यो, कारोबार बढेर ४ अर्ब ६८ करोड



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार सामान्य रूपमा ओरालो लाग्दै ०.९३ अंक घटेर २,५६०.१५ विन्दुमा बन्द भएको छ।बाजार सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। यसदिन ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो।बजारमा सूचीकृत कम्पनीमध्ये ११२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १३८ कम्पनीका सेयरमूल्य घटेका छन्। ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। धवलागिरि लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एन्ड टुरिजम र झापा इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेर शीर्ष गेनर बने।यसदिन बुंगल हाइड्रोको सेयरमूल्य ९.०५ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा पर्‍यो। कारोबार रकमका आधारमा साहस ऊर्जाका सेयर सर्वाधिक कारोबारमा परे। कम्पनीका ४१ करोड ८० लाख रुपैयाँ बराबरका सेयर किनबेच भए।बजारमा कारोबार भएका १३ समूहमध्ये ६ समूहका परिसूचक बढेका छन् भने बाँकी समूहका परिसूचक ओराले लागेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ४ : ४६ बजे