Logo

राजनीति

प्रधानमन्त्री फिर्ता बोलाउने माग गर्दै २३ ‘जेनजी’ समूहले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाए



काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन २३ वटा ‘जेनजी’ समूहले बिहीबार राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गरेका छन्।

समूहले ज्ञापनपत्रमा ‘जेनजी’ आन्दोलनको उद्देश्य पूरा हुन नसकेको र सरकार अपेक्षाअनुरूप काम नगरेको उल्लेख गर्दै कार्की नेतृत्वको सरकार फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा सहभागीहरूले सरकारको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् र नयाँ नेतृत्व आवश्यक रहेको दाबी गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ३ : ५४ बजे