Logo

मुख्य समाचार

अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव



काठमाडौं । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् ।

बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ । जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ । त्यसमा पनि विभिन्न चरणहरुपनि एक–एक पटक मात्र आउँछ । अहिले जुन उमेर समूहमा हुनुहुन्छ त्यसमा १०÷१५ वर्षपछि त्यो रहन्न । जीवनको उद्देश्य भनेकै यही हो । त्यसैले अनुभवहरुबाट सिकाइ लिन, आफ्नो व्यक्तित्व निर्माण गर्न सकिन्छ ।’

हमालले हाल नेपाल संवेदनशील समयबाट गुज्रिरहेको पनि बताए । उनले सबैलाई आफ्नो राष्ट्र महान लागेपनि हरेक राष्ट्रको आफ्नो हैसियत हुने भन्दै हैसियत अनुसार व्यहार हुनु तितोसत्य रहेको समेत बताए ।

‘आज हामी असाध्यै संवेदनशील समयबाट गुज्रिरहेका छौ । अब हामी कसरी अगाडि जान सक्छौ भन्ने कुरामा डराइरहेका छौ ।  नयाँ तरिकाबाट नै जानुपर्छ ।  तर तितोसत्य के छ भने हामीलाई आफ्नो राष्ट्र महान लागेपनि संसारको परिस्थितीमा हरेक राष्ट्रको आफ्नो हैसियत पनि हुन्छ । त्यो तितोसत्य हो,’ उनले थप भने, ‘हामीलाई नेपाल राष्ट्र जतिसुकै महान सुन्दर लागेपनि अन्तर्राष्ट्रिय रुपमा एउटा हैसियत छ । त्यही हैसियत अनुसार आफुले आफुलाई सञ्चालन गर्नुपर्छ ।’

त्यही हैसियत अनुसार सामाजिक, राजनीतिक, आर्थिक परिवेशलाई अगाडि बनाउनु पर्ने बताए ।   

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ३ : १६ बजे