काठमाडौं । सार्वजनिक शान्ति भंग आरोपमा थुनामा रहेका व्यवसायी दुर्गा प्रसाईंको रिहाइका मागसहित दायर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतमा न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ। प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको रिटमा थुनामा राखिएको प्रक्रिया कानुनविपरीत भएको दाबी गरिएको छ।
सरकारले अनुमति नदिएको विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। प्रमुख जिल्ला अधिकारीमार्फत म्याद थप गर्दै प्रहरीले उनलाई थुनामा राखिएको छ।










प्रतिक्रिया