Logo

मुख्य समाचार

प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको माग



काठमाडौं । नेपाल ट्रेड युनियन कांगे्रसले स्वदेश तथा विदेशमा रहेका  श्रमिकहरुलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानमा व्यवस्था गर्न माग गरेको छ ।

सोमबार निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन कांगे्रसले चार बुँदे माग अघि सारेको हो ।

संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरुप युवा, किसान श्रमिकहरुलाई पनि समानुपातिका सिद्धान्तका आधारमा राज्यको संसद लगायतका निकायहरुमा प्रतिनिधित्वका लागि बेग्लै क्लष्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनु पर्नेलगायतको मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।

सो अवसरमा कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचनको प्रकृयाहरुको कार्य सम्पादन गर्ने बताए ।

महासंघका अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मुल मर्म अनुसार अन्य वर्गहरु क्लष्टरमा समावेश गरिएझै श्रमिकहरु पनि समेटिनुपर्ने आफ्नो लामो समयदेखिको मुद्दा रहेको सुनाए ।

सो अवसरमा महासंघको ज्ञापन पत्र वाचन गर्दै महासचिव अजय कुमार राईले दलहरुले चाहे जस्तो मुलुकलाई समृद्ध बनाउन आर्थिक , सामाजिक र राजनीतिक रुपान्तरण गर्न महासंघले उठाएको मुद्दाहरुलाई आयोगले सम्बोधन गर्नुपर्ने बताए ।

अध्यक्ष कुँवरको नेतृत्वमा गएको टोलीमा महासंघका पूर्वअध्यक्ष तथा सार्क टे«ड युनियनका महासचिव लक्ष्मण बस्नेत, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, उपाध्यक्ष गणेश केसी, उपमहासचिव बलदेव तामाङ र सुशीला घिमिरे सहभागी थिए ।  

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ४५ बजे