Logo

मुख्य समाचार

त्रिवि क्रिकेट रंगशाला क्यान र राखेपलाई हस्तान्तरण


३० कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित नवनिर्मित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशाला नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)लाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

आइतबार (कात्तिक ३०) आयोजित कार्यक्रममा मन्त्रालयले रंगशालाको संरचना क्यान र राखेपका प्रतिनिधिलाई बुझाएको हो।

नवनिर्मित रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ७ : ३७ बजे