काठमाडौं । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अमेरिकालाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको यो चौथो खेल हो।
चार खेलमा दुई जित र एक हारसहित ६ अंक जोडेको नेपाल समूह चरण पार गर्दै अन्तिम चारमा पुगेको हो। नेपालले यसअघि श्रीलंका र अष्ट्रेलियालाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो।










प्रतिक्रिया