Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रिया सुरु


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको नयाँ राजनीतिक दल ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रिया सुरु भएको छ।

नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन्। सनाखत पत्रमा हस्ताक्षर गर्दै कल्पितले दलको प्रस्तावित अध्यक्ष पनि बनेको जानकारी दिए।

कल्पितले भने, “आगामी प्रतिनिधिसभा निर्वाचनमा हामी गरिब र सामान्य नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रनेछौँ।” उनले परम्परागत राजनीतिक दलहरूले जनताको सरोकार बिर्सँदै आएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्ति बन्ने दाबी गरे।

‘नागरिक बचाउ दल’को स्थापना नागरिक सेवामा समर्पण गर्ने उद्देश्यले गरिएको बताइएको छ। कल्पितले आगामी निर्वाचनमा संसद् भवन र सिंहदरबारसम्म पुगेर जनताको पक्षमा काम गर्ने लक्ष्य रहेको पनि बताए।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ३७ बजे