काठमाडौं – नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने घोषणा गरेका छन्।
शनिबार एमाले कैलालीले आयोजना गरेको जनसभा कार्यक्रममा भट्टले संसद् पुनःस्थापनासँगै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि आवश्यक कदम चालिने बताए। उनले पार्टी सदस्य र समर्थकहरूलाई गाउँ–गाउँ, टोल–टोल जान र जनतालाई सचेत पार्न निर्देशन दिएका छन्।
भट्टले वर्तमान सरकारको कार्यशैलीलाई असंवैधानिक ठहराउँदै, यसको विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।










प्रतिक्रिया