Logo

मुख्य समाचार

सुधन गुरुङले ‘जेनजी’ संरचना विस्तार भएको घोषणा, जिम्मेवार व्यक्तिहरूलाई संयुक्त अभियानमा सहभागिताको आह्वान


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं — हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले ७७ वटै जिल्लामा ‘जेनजी’ संरचना विस्तार भइसकेको बताएका छन्। आइतबार कात्तिक ३० गते सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सातै प्रदेश, सबै स्थानीय तह र वडा स्तरसम्म संगठनात्मक एकजुटता बनिसकेको दाबी गरे।

गुरुङका अनुसार नेपालको परिवर्तनका लागि दोस्रो चरणको अभियान सुरु गर्दै जिम्मेवार मानिएका सार्वजनिक व्यक्तित्वहरूलाई एउटै प्लेटफर्ममा ल्याउने तयारी भइरहेको छ। यसको लागि छिट्टै डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी संस्थाले गरेको छ।

गुरुङले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ, सागर ढकाल तथा अन्य सामाजिक रूपमा प्रभाव राख्ने व्यक्तित्वलाई अभियानमा सहभागी हुन सार्वजनिक आह्वान गरेका छन्। उनले परिवर्तन चाहने सबै नेपालीलाई देशहितमा एकजुट हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ०० बजे